काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० चैत्र २०८२
दीपा दाहाल।
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दीपा दाहाल नियुक्त भएकी छन्।

प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन्। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन्।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उनको पत्रकारिताको अनुभवलाई सरकारको मूलधारमा जोड्न नियुक्ति गरेको उल्लेख छ। दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइनमा काम गरेको अनुभव छ।