काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइटर्सलाई ६५ रनले पराजित गरेको छ।
कोलकातास्थित इडन गार्डेनमा टस जितेर कोलकाताले पहिले बलिङ गर्ने निर्णय गरे पनि हैदराबादका ब्याटरहरूले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २२६ रनको विशाल योगफल तयार पारे। जवाफमा कोलकाताको टोली १६ ओभरमा मात्र १६१ रनमा समेटिएपछि हैदराबादले खेल आफ्नो पक्षमा पारेको हो।
हैदराबादको जितमा हेनरिक क्लासेन (५२ रन), अभिषेक शर्मा (४८ रन) र ट्राभिस हेड (४६ रन)को विस्फोटक ब्याटिङपछि उत्कृष्ट बलिङको प्रदर्शन गर्दै हैदराबादले सहज जित निकाल्यो।
कोलकाता नाइट राइडर्सको लागि बलिङतर्फ ब्लेसिङ मुजरबानीले सर्वाधिक ४ विकेट लिए। वैभव अरोराले २ विकेट लिँदा कार्तिक त्यागी र अनुकूल रोयले १-१ विकेट लिए।
कोलकाता नाइट राइडर्सको लागि अंगकृश रघुवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। कप्तान अजिन्क्य रहाणे ८ रनमा पेभेलियन फर्किदा अर्का ओपनर फिन एलेनले २८ रन बनाए। रिंकु सिंहले ३५, रमनदिप सिंहले १० र सुनिल नरेनले १२ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कोलकातालाई सस्तैमा रोक्न हैदराबादका बलर जयदेव उनादकटले ३ विकेट लिए। इशान मलिंगा र नितेश कुमार रेड्डीले समान २-२ विकेट लिँदा हर्ष दुबेले १ विकेट लिए ।