काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२१ चैत्र २०८२
अ+
अ-

काठमाडौं। प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन सञ्चालन गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँबाट १८ जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति भएको अपरेसनमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५ र उपत्यका अपराध अनुसन्धान कार्यालयले १३ जनालाई समातेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो।

परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ।

श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङ पक्राउ परेका छन्।

कलंकी-बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन पक्राउ परेका छन्। कलंकीको बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा सुजन कार्की पक्राउ परेका छन्।

त्यस्तै, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा सरू हुमागाईंलाई पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए।

यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले थप १३ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ। उनीहरूलाई दरबारमार्ग, बौद्ध, ठमेल लगायतका क्षेत्रबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका एसपी मनोहरप्रसाद भट्टले बताए।