काठमाडौं। काठमाडौंमा प्रहरीले गुण्डागर्दी, ठगी र बिचौलियाको गतिविधिविरुद्ध सर्च अपरेशन सञ्चालन गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर गरिएको कारबाहीमा राजधानीका विभिन्न स्थानबाट १९५ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रमा अपरेशन केन्द्रित गरिएको थियो।
पक्राउ परेकाहरू ठमेल र विमानस्थल आसपासका क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने, बिचौलियाको रूपमा काम गर्ने तथा गुण्डागर्दीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध थप अनुसन्धान जारी रहेको छ भने अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र बनाइएको प्रहरीले जनाएको छ।