काठमाडौँ। पोखरा महानगरपालिका ले फेवाताल छेउछाउमा अवैध रूपमा बनाइएका टहरा भत्काउने अभियान सुरु गरेको छ।
महानगरपालिकाले शनिबार बिहान करिब ३:३० बजेदेखि डोजर प्रयोग गरेर फेवाताल आसपासका टहरा हटाउन थालेको हो। बिहानसम्ममा मात्रै महानगरले दुई दर्जनभन्दा बढी टहरा भत्काइसकेको जनाएको छ।
फेवातालको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि यो अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ। पछिल्लो समय ताल क्षेत्र वरिपरि अव्यवस्थित रूपमा टहरा तथा संरचना निर्माण बढेपछि हटाउने कार्य तीव्र बनाइएको हो।
तस्बिरहरू: अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी