काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ चैत्र २०८२
फाइल फोटो।
अ+
अ-

ढाका। बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

अग्नि नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाका नजिकै केरानीगञ्जको कदमतली क्षेत्रमा आगलागी भएको हो । दिउँसोदेखि सुरु भएको आगो निभाउन सात वटा अग्निनियन्त्रक टोली परिचालन गरिएको दमकल विभागले जनाएको छ ।

यसलाई नियन्त्रणमा ल्याउन घण्टौँ लागेको थियो । अग्निनियन्त्रकहरूले साँझसम्म पाँच शवहरू फेला पारेको बताएका छन् ।

समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।