काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२१ चैत्र २०८२
अ+
अ-

काठमाडौं । युएईमा घाइते भएका सातै जना नेपाली नागरिक खतरामुक्त रहेको पुष्टि भएको छ।  नेपाली राजदूतावासले सबै घाइतेसँग फोनमार्फत सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपाली राजदूतावासले सबै घाइतेसँग फोनमार्फत सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्था बुझेको हो ।

घाइतेमध्ये ६ जनालाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। गम्भीर घाइते एक जनाको उपचार जारी छ, तर उनी पनि खतरामुक्त छन् र छिट्टै घर फर्किने अवस्थामा रहेको जानकारी प्राप्त भएको छ।

परराष्ट्र मन्त्रालयले घटना जानकारी पाएलगत्तै युएईस्थित नेपाली राजदूतावासलाई आवश्यक समन्वयका लागि निर्देशन दिएको थियो। युएईका सम्बन्धित निकायहरूले पनि समयमै आवश्यक उपचार र व्यवस्थापन सुनिश्चित गरेको बताइएको छ। राजदूतावासले घाइते नेपालीहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।