काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
अ+
अ-

काठमाडौं । अमेरिका र इरानबीच तनाव चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न र होर्मुज जलमार्ग खोल्न चेतावनी दिएका छन्। उनले चेतावनी दिँदै भनेका छन् कि समयसीमा नमानिए गम्भीर परिणाम भोग्नुपर्नेछ।

यसको प्रतिक्रिया स्वरूप इरानले कडा चेतावनी दिएको छ। खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले यदि अमेरिकाले आक्रमण गरेमा त्यससँग सम्बन्धित सम्पूर्ण संरचना र इजरायलसँग जोडिएका पूर्वाधारमाथि निरन्तर हमला गरिने बताएका छन्। उनले आक्रामक शैलीमा प्रतिक्रिया दिँदै यस्तो अवस्थामा विपक्षीका लागि “नर्कको ढोका खुल्ने” बताएका छन्।

त्यसैगरी, मुख्यालयका प्रवक्ता कर्नल इब्राहिम जुल्फकारीले पनि भिडियो सन्देशमार्फत चेतावनी दिएका छन् कि यदि तनाव थप बढ्यो भने सम्पूर्ण मध्यपूर्व क्षेत्र अस्थिर बन्न सक्छ। उनले इरानलाई कमजोर ठान्नु ठूलो भूल हुने र त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने उल्लेख गरेका छन्।

यस घटनाले अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्दै गएको संकेत दिएको छ, जसले मध्यपूर्व क्षेत्रमा अस्थिरता बढ्न सक्ने विश्लेषण गरिएको छ।