काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
केपी शर्मा ओली र रमेश लेखक। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ।

न्यायाधीश विनोद शर्मा र सुनीलकुमार पोखरेलले आज (आइतबार) सुनुवाइ सुरु गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। अध्यक्ष ओलीपत्नी राधिका शाक्य र नेता लेखकपत्नी यशोदा लेखकले यही १५ चैतमा गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही १६ चैतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाऊ आदेश गरेको थियो। रिट निवेदनमा गत २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ।