काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। तस्बिर : बिक्रम राई
अ+
अ-

जनकपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष शालिग्राम सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आव ०७६/७७ मा दुई थान घुम्ती शौचालय खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा ६ जनाविरुद्ध छुट्टाछुट्टै आरोप पत्र दर्ता गराएको हो।

उनीहरूको मिलोमतोमा ५५ लाख दुई हजार ८५४ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ। अख्तियारले दुईथान बायो घुम्ती शौचालय खरिदमा विनियोजित रकम खरिद ऐनविपरीत प्रतिस्पर्धाविनै सोझै खरिद गरी भ्रष्टाचार गरेको भन्ने बेहोराको प्राप्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार भएको ठहर गरेको छ।

भ्रष्टाचार मुद्दा खेप्नेमा अध्यक्ष सिंहसहित तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जीवीप्रसाद ढुंगाना तत्कालीन लेखापाल सावित्रीकुमारी गिरी तत्कालीन खरिदार मदनकुमार चौधरी र सीता ट्रेडर्स तथा त्यसका प्रोप्राइटर पशुपतिनाथ पाठक छन्। अख्तियारले भ्रष्टाचार भएको रकमबराबरकै बिगो दाबी गरेको छ।

त्यसैगरी अख्तियारले अर्को अभियोगपत्रसमेत दायर गरेको छ। अख्तियारले परिषद्ले आव ०७६/७७ मा घुम्ती शौचालय ५० स्थानका लागि विनियोजित रकममा समेत भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको छ।

अख्तियारले ५४ लाख ९९ हजार ९९९ रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता गरेको हो। यसमा पनि अध्यक्ष सिंहसहित तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जीवी शर्मा ढुंगाना, तत्कालीन लेखापाल सावित्रीकुमारी गिरी तथा सीता ट्रेडर्स र त्यसका प्रोप्राइटर पशुपतिनाथ पाठकलाई आरोपी बनाइएको छ । यस मुद्दामा सोही रकमबराबरको बिगो दाबी गरिएको छ।