काठमाडौँ। सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
पोखरेलले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरू गर्ने पनि निर्णय भएको जानकारी दिए।