काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। महान्यायाधिवक्ता पदमा नारायणदत्त कँडेल नियुक्त भएका छन्।

आइतबार बसेको मन्त्रिपरिद्को बैठकले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उनलाई आज नियुक्त गरिएको हो। नवनियुक्त महान्यायाधिवक्ता कँडेलले आजै कार्यभार सम्हाल्दै छन्।

कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट अभिव्यक्ति स्वतन्त्रतामा विद्यावारिधि गरेका छन्।

पत्रकारिता पृष्ठभूमिबाट आएका कँडेलले रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्र पुकार र नेपाल वाणी साप्ताहिक पत्रिकामा काम गरेका थिए।

कँडेलले २०६० मा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएका थिए।