काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगरतर्फ उपाध्यक्ष पदमा दिलसुन्दर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।

उनले महासंघका भावी अध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठको समूहबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। यसअघि उनी महासंघ बागमती प्रदेशको अध्यक्षका रूपमा दुई कार्यकाल सफलतापूर्वक नेतृत्व गरिसकेका छन्। साथै तत्कालीन अध्यक्ष भवानी राणाको कार्यकालमा मेला सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले जिल्ला-नगर संगठनलाई अझ बलियो बनाउने र यसको संस्थागत क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्। महासंघको निर्वाचन यही २९ र ३० चैतमा हुँदै छ।