काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमाले सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएका छन्।
संघीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो। उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दंगाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन्।