काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली २०७५ बमोजिम विषयगत समितिमा सदस्यहरूको मनोनयन तथा हेरफेर गरेका छन्।

अध्यक्ष दाहालले रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत तिमल्सिना, वासुदेव घिमिरे र महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गरेका छन्।

यसैगरी सांसद रामकुमारी झाँक्री, प्रेमप्रसाद दंगाल, खम्मबहादुर खाती र गीता देवकोटालाई विधायन व्यवस्थापन समितिमा मनोनयन गरिएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ पोर्तेल, मीना सिंह, सुनीलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्णलाई मनोनयन गरिएको छ।

संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजंग शाही र धर्मेन्द्र पासवानलाई मनोनयन गरिएको छ।

सभामा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्। राष्ट्रिय सभाको अर्को बैठक भोलि १२:१५ बजे बस्नेछ।