काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
अ+
अ-

काठमाडौं ।  प्रिमियर लिग प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध ४–० को सानदार जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इत्तिहाद रंगशालामा म्यानचेस्टर सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले ह्याट्रिक गर्दा एन्टोइन सिमेन्योले एक गोल थपे ।

खेलको ३९औँ मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा उनैले टोलीको अग्रता दोब्बर बनाए । सिमेन्योले ५०औँ मिनेटमा गोल गर्दा सिटीको अग्रता ३–० मा पुग्यो । ७ मिनेटपछि हालान्डले ह्याट्रिक पूरा गरे ।

मोहम्मद सलाह ६५ औँ मिनेटमा पेनाल्टीमा चुक्दा लिभरपुलले गोल अन्तर कम गर्ने अवसर गुमायो । यसैगरी, चेल्सी र साउथह्यम्पटनले सेमिफाइनलको यात्रा तय गरेका छन् । चेल्सीले पोर्ट भ्यालेविरुद्ध ७–० र साउथह्याम्पटनले आर्सनलविरुद्ध २–१ को जित दर्ता गरे ।