काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गरेको प्रस्तावमा अध्यक्षत अर्जुननरसिंह केसीले अर्याललाई सभामुख भएको घोषणा गरेका हुन्।
रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, गृहमान्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम लगायत रास्वपाका सांसदहरूसँग उनले खुसी साटेका हुन्।