काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२२ चैत्र २०८२
सभामुख निर्वाचित भएपछि डीपी अर्याल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ।

आइतबार दिउँसो साढे २ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ।

अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।