काठमाडौँ। सोमबार (भोलि) देखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू सञ्चालनको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म कायम हुनेछ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले आजै राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय यही २३ चैतदेखि बिहान ९ देखि अपराह्न ५ बजेसम्म कायम हुने जनाएको हो।
तर १६ कात्तिकदेखि १५ माघसम्म भने कार्यालय समय बिहान ९ देखि अपराह्न ४ बजेसम्म कायम गर्ने राजपत्रमा प्रकाशित छ।