काठमाडौं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि शुक्रबार पनि सुन सोही मूल्यमा खरिद(बिक्री भएको थियो।
यस्तै, चाँदीको मूल्य चार हजार ८३० रुपैयाँ नै कायम छ। अघिल्लो कारोबार दिनमा पनि सोही मूल्यमा किनबेच भएको थियो।