काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ चैत्र २०८२
सिंहदरबार।
अ+
अ-

काठमाडौं । आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले आजदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा अन्य बार सरकारी कार्यालय खुल्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको थियो ।

यससँगै कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

सरकारले पेट्रोलियम पदार्थ आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको हो ।

यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ ।