काठमाडौ । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
बेंगलोरले ३ विकेट गुमाएर २ सय ५० रन बनाएको खेलमा टिम डेभिडले ७० रनको योगदान दिए।
२ सय ५१ रनको लक्ष्य पछ्याउँदा चेन्नई २ बल बाँकी रहँदा २ सय ७ रनमा अलआउट भयो।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविक च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोरुले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। तर अर्को दाबेदार टोलीका रुपमा रहेको चेन्नई सुपर किंग्सले भने लगातार तेस्रो खेलमा हार भोग्नु पर्यो। चेन्नई आरसीबीसँग ४३ रनले पराजित भयो।
टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरुले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ५० रन बनाएको थियो।