काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ चैत्र २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं । अमेरिका र इरानबीचको तनाव लगातार बढ्दै गइरहेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा (डेडलाइन) फेरि एकपटक बढाएका छन् ।

ट्रम्पले स्पष्ट रूपमा यदि इरानले चाँडै ‘होर्मुज जलमार्ग’ नखोले र सम्झौता नगरे उसले गम्भीर परिणाम भोग्नुपर्ने बताए । ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै लेखेका छन्, “मंगलबार राति ८ बजे (इस्टर्न टाइम) !”

यसअघि उनले कडा भाषामा यदि इरानले बाटो नखोले अमेरिकाले उसको ऊर्जा र पूर्वाधारलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने चेतावनी दिएका थिए । उनले भनेका थिए, “यदि होर्मुज स्ट्रेट खोलिएन भने, इरानका पावर प्लान्ट र पुलहरू सबै कुरा निसानामा हुनेछन् ।”

ट्रम्पले पहिले दिएका थिए ४८ घण्टाको अल्टिमेटम
ट्रम्पले यसअघि पनि इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए, तर पछि यो समयसीमालाई पटक–पटक बढाए । अब यसलाई बढाएर ८ अप्रिलको रातिसम्म पुर्‍याइएको छन् ।

एक अन्तर्वार्तामा ट्रम्पले सम्झौताको सम्भावना अझै भए पनि कुरा नमिले उनले ‘सबै कुरा सिध्याइदिने’ बताए । उनले इरानका आम जनता आफ्नो सरकारसँग खुसी नभएको र उनीहरूले अमेरिकाको कदमलाई समर्थन गर्न सक्ने पनि दाबी गरे ।