काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटको प्रवर्धन र विकासका लागि आफ्नो वार्षिक आयमा आधारित आइसीसी अनुदानबाट ५ लाख अमेरिकी डलर खर्च गर्ने निर्णय गरेको छ।

क्यानको बोर्ड बैठकले हालै यो योजना स्वीकृत गरेको हो। संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ  आइसीसी फन्डिङ निर्देशिकाअनुसार यो वर्षदेखि महिला क्रिकेटसँग सम्बन्धित कार्यक्रम र परियोजनामा सो रकम खर्च हुनेछ।