पोखरा। फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका २२‚ सिम्ले क्षेत्रमा गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ।
उक्त जग्गामा निर्माण गरिएको संरचना अहिले प्रयोगविहीन रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ। वरिपरि झाडीले ढाकिएको छ।
स्थानीय बासिन्दाका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ। जहाँ पोखरा महानगरपालिकाले हालै गाडेको सीमा स्तम्भसमेत भेटिएको छ।
यसैबीच महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाएको थियो। गृहमन्त्री गुरुङले भने उक्त जग्गाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफू ठगिएको दाबी गरेका छन्। उनले कानुनी उपचारमा जानेसमेत बताएका छन्।
हेर्नुहोस् थप तस्बिर :









