काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पाँचै दिन खुल्ने भएको छ। नेप्से अर्थात् सेयरबजार यसअघि पनि पाँचै दिन खुला रहन्थ्यो।

सरकारले शनिबार र आइतबार बिदा दिएपछि सेयर बजार खुल्ने दिनको विषयमा अन्योल थियो।

यसअघि शुक्रबार बन्द रहने सेयरबजार अब भने खुल्नेछ। बरू आइतबार र शनिबार भने बन्द रहनेछ।

अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एसोसिएसनबीच अर्थ मन्त्रालयमा सोमबार भेट भएको थियो। भेटमा सेयरबजार शनिबार र आइतबार बन्द गर्ने र शुक्रबार भने खुला राख्ने विषयमा सहमति जुटेको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिएकाले शुक्रबार बजार सञ्चालन गर्ने विषयमा नेप्से सञ्चालक समितिले निर्णय गर्ने बताए। “यस विषयमा छलफल चलेको छ। नेप्से सञ्चालक समितिले टुंगो लगाउनेछ‚” उनले नेपालन्युजसँग भने‚ “अब आइतबारको साटो शुक्रबार नेप्से खुला रहनेछ।”

यसअघि ६ जेठ २०७९ मा पनि सेयर बजार शुक्रबार सञ्चालनमा आएको थियो। त्यतिबेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो।