काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन्।

उच्च रक्तचापको समस्यापछि यादवलाई सोमबार राति काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

यादवको रक्तचाप बढेकाले सोमबार राति करिब ९ बजे भर्ना गरिएको अस्पतालका सूचना अधिकारी नेत्रबहादुर गुरुङले बताए।

उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य भएको अस्पतालले जनाएको छ।