काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सेयरबजार

नेप्सेमा मंगलबार तीन कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट।

२४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से एकल अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।

नेप्से मंगलबार २.६१ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.०९ प्रतिशतले घटेको नेप्से २७५७.४० विन्दुमा अडिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले घटेर ४७१.१३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१६ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.१४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० प्रतिशतले घटेको छ।

सेयरबजारमा मंगलबार ३४५ कम्पनीको ८१ हजार ५८२ पटकको कारोबारमा एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भयो। आइतबार भने १२ अर्ब ३८ करोड नौ लाख १४ हजार ५७० रुपैयाँको कारोबार भएको थियो। सोमबार १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा चारवटाका उपसूचक बढे भने बाँकी नौ समूहका उपसूचक घटे। जसअनुसार मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.०४ प्रतिशतले बढ्यो। विकास बैंक ०.६२ र फाइनान्स समूहको सूचक ०.४१ प्रतिशतले घट्यो। यस्तै होटेल तथा पर्यटन १.०८ र जलविद्युत् समूहको उपसूचक ०.१५ प्रतिशतले बढ्यो।

यसैगरी लगानी समूहको उपसूचक ०.४६‚ जीवन बिमा ०.४५‚ उत्पादन तथा प्रशोधन समूह ०.०५‚ लघुवित्त ०.१९‚ म्युचुअल फन्ड ०.५५ र निर्जीवन बिमा समूहको सूचक ०.३३ प्रतिशतले ओरालो लाग्यो। यस्तै अन्य समूहको सूचक ०.७१ प्रतिशतले बढ्दा व्यापार समूहको उपसूचक भने १.८८ प्रतिशतले घट्यो।

नेप्सेमा मंगलबार तीनवटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा भुजुङ हाइड्रोपावर लिमिटेड‚ सुपर खुदी हाइड्रोपावर लिमिटेड र स्वेत-गंगा हाइड्रोपावर लिमिटेड छन्। अर्थात् यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै एनआईबीएल ग्रोथ फन्डका लगानीकर्ताले ७.०८ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रह्यो। आज ङादी ग्रुप पावरको २४ करोड २२ लाख ६१ हजार २९९ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनल हाइड्रोपावरको सेयर मंगलबार आठ लाख ४३ हजार ६६४ कित्ता किनबेच भयो। नेसनल हाइड्रोपावरको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २७६ रुपैयाँ कायम रह्यो।