काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
बेन रोबर्ट्स स्मिथ।
अ+
अ-

सिड्नी। भिक्टोरिया क्रसबाट सम्मानित अस्ट्रेलियका एक सैनिक पक्राउ परेका छन्।

बेन रोबर्ट्स-स्मिथ नामका ती सैनिकमाथि ‘अफगानिस्तानमा युद्धअपराध’ को आरोप लगाइएको छ। यही मुद्दामा उनले मुद्दाको सामना गर्ने बीबीसीले समाचारमा उल्लेख गरेको छ।

४७ वर्षीय स्मिथ एक उच्च सम्मानित अस्ट्रेलियाली सैनिक हुन्। उनले थुप्रै सम्मान पाएका छन्। उनलाई २०२३ मा भिक्टोरिया क्रस प्रदान गरिएको थियो। स्मिथलाई सिड्नी विमानस्थलमा पक्राउ गरिएको थियो। उनलाई अदालतमा आजै उपस्थित गराउने तयारी छ।

अस्ट्रेलियाली संघीय प्रहरीले पनि पत्रकार सम्मेलनमार्फत स्मिथको पक्राउको पुष्टि गरेको छ। प्रहरीले २००९ र २०१२ को बीचमा अफगानिस्तानमा निहत्था कैदीहरूलाई गोली हानेर मारेको आरोपको सामना स्मिथले गर्नुपर्ने बताएको छ।

२०२३ मा मानहानि मुद्दामा पूर्वविशेष वायुसेवा कर्पोरल रोबर्ट्स-स्मिथले धेरै निहत्था अफगानी सैनिकको हत्या गरेको पत्ता लागेको थियो। स्मिथले २०१३ मा सेना छोडेका थिए।

२०२० मा एक प्रमुख अनुसन्धान- ‘ब्रेरेटन रिपोर्ट’ ले पत्ता लगायो कि अफगानिस्तानमा अस्ट्रेलियाका विशेष बलहरूले गैरकानुनी रूपमा ३९ जनाको हत्या गरेका थिए।

प्रतिवेदनले १९ जना वर्तमान वा पूर्वसैनिकहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।

रोबर्ट्स-स्मिथले सबै आरोपलाई अस्वीकार गरेका छन्। उनले पहिले भनेका थिए कि- उनीविरुद्ध लगाइएका आरोप ‘झुटो’ र “दुर्भावनापूर्ण’ छन्।

रोबर्ट्स-स्मिथले भनेका छन् कि कथित हत्याहरू या त कानुनी लडाइँका क्रममा भएका थिए वा पटक्कै भएका थिएनन्। -बीबीसी