बागलुङ। बागलुङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका ४‚ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो।
शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी थिइन्। उनको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिए।
राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए। बोहोराका अनुसार अप्ठ्यारो बाटोमा यात्रा गर्दा उछिट्टिएर नहरमा खसेको प्रारम्भिक अनुमान छ।
उनले भने, “नहरमाथि भिर रहेछ, साँझको बेला हिँड्दा उछिट्टिएर तल खसेको जस्तो देखियो। पछ्यौरा, कोदालोसहित केही सामान पनि भिरमा अड्किएको अवस्थामा फेला परेको छ।” शवपरीक्षणका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल ल्याइएको छ।