काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
अ+
अ-

महोत्तरी। जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज (मंगलबार) बिहान दुईवटा मोटरसाइकल ठोक्किएर भएको आगजनीमा परेर मृत्यु भएकाको परिचय खुलेको छ। साथै दुर्घटनामा घाइते हुनेहरूको पनि परिचय खुलेको छ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा जलेश्वर नगरपालिका ६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका ३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल छन्।

आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए। त्यस्तै घटनामा थप तीनजना सख्त घाइते भएका छन्।

घाइते हुनेमा जलेश्वर नगरपालिका ६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, त्यहीँका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका ५‚ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर छन्। -रासस