काठमाडौँ। सरकारले डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयको प्रस्तावमा पण्डितलाई डेपुटी गभर्नरमा सरकारले नियुक्त गरेको हो।
उनी विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत छन्। पण्डितसँग राष्ट्र बैंकका विभिन्न विभागमा रहेर काम गरेको अनुभव छ।