काठमाडौँ। नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरी कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ।
स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार र सोही स्थानको एलन स्टोरलाई समान रु १० जरिवाना गरेको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको कार्य नगरेको पाइएकाले ती फर्मलाई जरिवाना गरिएको विभागले प्रष्ट पारेको छ।
विभागले सोमबार २१ फर्ममा स्थलगत अनुगमन गरेकामा १९ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ। स्थानीय सरोकार भएका निकायका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ।