काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुईजना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनीहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेस गरेका थिए।
सरकारले उनीहरूलाई २० वैशाख २०८१ मा दुई वर्षका लागि नियुक्त गरेको थियो। कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन्।