काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत ड्यानियल म्युलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा राजदूत म्युलीले नवनियुक्त कानुनमन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेको सचिवालयले जनाएको छ।
भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्वीट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।