काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। सरकारले जेन–जी आन्दोलनका सहिद परिवारका छुट सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बस्यो। बैठकले गत २३ र २४ भदौको आन्दोलनमा सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो।

जेन-जी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कात्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्थाअनुसार छुट भएका आठजना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको हो।

प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ। बुधबार थप भएका आठ सहिद परिवारमध्ये रोजित श्रेष्ठ वनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शीतल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लमजुङ छन्।

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन मूल्यांकनको जानकारी सञ्चालक समितिले लिएको छ।