काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

खिचिक्क

२५ चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ।

यसका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णत: बादल लागेको छ।

बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसमविद् रोजन लामिछानेले वर्षा दिउँसो बढ्ने र कुनैकुनै ठाउँमा भारीसम्म वर्षा र हिमपात हुने जानकारी दिए।

विभागका अनुसार वर्षा पूर्वतर्फ सर्ने क्रममा छ। हेरौँ काठमाडौँ उपत्यकामा भएको वर्षाका थप तस्बिर :

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी