जनकपुर। महोत्तरीको मटिहानीमा रहेको लक्ष्मीनारायण मन्दिरका मानमहन्थ जगन्नाथ दास वैष्णव पक्राउ परेका छन्।
बैंकिङ कसुर मुद्दामा दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई दीपेन्द्र ठाकुरको जाहेरीपछि पक्राउ गरिएको हो। वैष्णवलाई एक करोड तीस लाख बिगो मुद्दामा पक्राउ गरिएको प्रहरी निरीक्षक विश्वम्भरप्रसाद साहले जानकारी दिए। उनका अनुसार वैष्णवलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ।