काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२५ चैत्र २०८२
अ+
अ-

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाले सो पालिकाभित्रका साक्षर तथा निरक्षरहरूको आजबाट तथ्यांक संकलन सुरु गरेको छ।

उक्त नगरपालिकाले साक्षर घोषणा गर्ने उद्देश्यले तथ्यांक संकलन सुरु गरेको सो पालिकाले जनाएको छ। साक्षरता मूल्यांकन निर्देशिका २०७० बमोजिम साक्षरका १२ सूचकमध्ये छवटा सूचकमा केन्द्रित भएर काम अगाडि बढाइएको सो पालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्लेले जानकारी दिइन्।

सो कार्यका लागि २५ जनालाई आवश्यक प्रशिक्षण प्रदान गरिएको तथा त्यसका लागि पालिकाको सबै वडा कार्यालय तथा विद्यालयलाई समन्वयात्मक भूमिका निर्वाह गरिदिन आग्रह गरिएको काफ्लेले बताइन्।

साथै पालिकाअन्तर्गतका विद्यार्थीमार्फत घरघरमा पुगेर तथ्यांक संकलनमा सहयोगका लागि आग्रह गरिएको उनले बताइन्। शिक्षा तथा मानव विकास केन्द्रले तोकेको विभिन्न १२ वटा बुँदामध्ये महत्त्वपूर्ण छवटा बुँदामा उल्लेख गरिएका विषयवस्तु पढ्न–लेखन सिकाउन सके नागरिकलाई साक्षर बनाउन सकिने काफ्लेको भनाइ छ।