काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२५ चैत्र २०८२
सभामुख डोलप्रसाद अर्याल।
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन २७ चैतमा हुने भएको छ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनबारे जानकारी गराएका हुन्।

अर्याल सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया पनि अगाडि बढेको हो। सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ।

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलहरूले समेत उपसभामुख पदमा दाबी गरेका छन्। प्रतिनिधिसभामा दुईतिहाइ नजिक रहेको रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुने छ। प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन्।

रास्वपाले राप्रपालाई उपसभामुखमा समर्थन गर्न सक्ने बुझिएको छ। २१ चैतमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। शाही र लामिछानेबीचको भेटले उपसभामुख चयन प्रक्रियामा दुवै दलबीच समझदारी हुने र नयाँ समीकरण बन्न सक्ने संकेत देखिएको छ।

त्यसअघि प्रतिनिधिसभाको बैठकमा शाहीले रास्वपासँग सहकार्य हुनसक्ने जनाउ दिएका थिए।