काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुखको उम्मेदवारबारे छलफलमा जुटेको छ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। अब उपसभामुखमा महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउँछन्।
प्रतिनिधिसभामा राप्रपाका पाँच जना सांसद् छन्। त्यसमध्ये खुस्वु ओली र सरस्वती लामा महिला सांसद रहेका छन्।
संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ। प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ।