काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गर्दै सबै सरोकारवालालाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।

सूचनाअनुसार विदेशबाट आयात हुने वस्तुमा आयातकर्ताको विवरणसहित एमआरपी उल्लेख भएको लेबल अनिवार्य रूपमा राख्नुपर्नेछ। स्वदेशी उद्योगले उत्पादन गर्ने वस्तुमा मूल्य, ब्याच नम्बर, तौल तथा अन्य आवश्यक विवरण स्पष्ट देखिने गरी लेबलिङ गर्नुपर्नेछ।

विभागले स्पष्ट लेबल नभएका वा एमआरपी उल्लेख नभएका वस्तु बिक्री नगर्न बिक्रेताहरूलाई निर्देशन दिएको छ। लेबलमा उल्लेखित मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

कुनै पनि वस्तु खरिद गर्दा अनिवार्य रूपमा एमआरपी, उत्पादन विवरण र प्रयोगसम्बन्धी जानकारी हेरेर मात्र खरिद गर्न विभागले आम उपभोक्तामा आग्रह गरेको छ।