काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

कैलाली । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग्रामीण कच्ची सडकबाट तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा कृष्णपुर नगरपालिका-१ का ६० वर्षीय नन्दराम पार्की र सोही ठाउँकी ६२ वर्षीया कलावति देवी बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा परेर जिपमा सवार ६ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ।