काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

खिचिक्क

२६ चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको छ।

चुरे तथा वन जंगल संरक्षणको माग गर्दै उनीहरूले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन खोजेका थिए। प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार प्रवेश नपाएपछि चुरे तथा वनजंगल संरक्षण अभियानले माइतीघरमा पत्रलाई टाँसेर प्रदर्शन गरेका छन्।

उनीहरू वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै आन्दोलित बनेका हुन्।

प्रदर्शनकारीहरूले चुरे क्षेत्रको विनाश रोक्नुपर्नेलगायत माग राखेका छन्। उनीहरूले ‘सिंहदरबारको ढोका किन बन्द ?’ ‘राष्ट्रको समस्या कहिले देख्छौ सरकार ?’ लगायत विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन्।

हेर्नुहोस् थप तस्बिर :

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी