काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा आयोगले उनीसहित उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार विदेशीलाई समेत विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले सात करोड ७८ लाख बिगो माग दाबी गरेको छ। भेपबाट हुने सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले महराविरुद्ध मुद्दा लैजाने निर्णय गरेको थियो।