काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका ७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिकाबाट एक र माडी नगरपालिकाबाट दुई जनालाई पक्राउ गरिएको हो।

यसैगरी कैलालीको टीकापुर ९‚ बालुवाटारबाट एक, सुनसरीको इनरुवा ४‚ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका ५‚ मुडेस्थित होटेल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

मोरङको उर्लाबारी २‚ डुम्रेबाट ६, मेचीनगर ६‚ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, बाराको जितपुरसिमरा २१ बाट दुई, सर्लाहीको विष्णु गाउँपालिका ५‚ फेन्हारा चोकबाट दुई, धादिङको गजुरी २‚ रातमाटेबाट ३० किलोग्रामसहित एक र बर्दियाको मधुवन नगरपालिका ६ बाट एक जनालाई पक्राउ गरिएको प्रहरीको बुलेटिनमा उल्लेख छ।