बेरुत। इजरायली आक्रमणबाट लेबनानमा पछिल्लो चौबीस घण्टामा २०३ जनाको मृत्यु भएको छ।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा एक हजार जनाभन्दा धेरै घाइते भएका छन्।
यी तथ्यांक यस्तो समयमा आएका छन् जब इरानले लेबनानमा इजरायली आक्रमणलाई अमेरिका-इरान युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भनेको छ।
इजरायलले बुधबार लेबनान युद्धविरामको हिस्सा नभएको बताएको छ। पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले भने युद्धविराम लेबनानमा पनि लागु हुने बताएका छन्। -बीबीसी
यो पनि…
लेबनान आक्रमणप्रति इरानको आपत्ति, जवाफका लागि तयार रहने चेतावनी