काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२६ चैत्र २०८२
अ+
अ-

काठमाडौ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ । तर, पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ ।

उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रि–मनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा गराएको तर वर्षा भने सातै प्रदेशमा भएको छ ।