काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को दुवै सदनको चालु अधिवेशन भोलि (शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को यही २४ चैतको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यही १९ चैतदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो।