काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरूबीच बिहीबार पहिलो औपचारिक भेटवार्ता भएको हो।
भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिए।
यही २२ चैतमा सभामुखमा अर्याल निर्विरोध निर्वाचित भएका थिए। प्रतिनिधिसभा र राष्ट्रिय सभा रहेको संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ।
यो पनि…
संघीय संसद्को दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने